नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध : गृहमन्त्री

माघ १७, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहोर्‍याएका छन् ।

गृहमन्त्री थापासँग नेपालका लागि चीनका नवनियुक्त राजदूत होउ याङ्छीले बुधबार गरेको शिष्टाचार भेटमा उनले नेपाली भूमिबाट कुनै किसिमका चीनविरोधी गतिविधि हुन नदिइने प्रतिबद्धता व्यक्त गरे ।

भेटमा उनीहरुबीच नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।

सो अवसरमा गृहमन्त्री थापाले राजदूत याङ्छीलाई बधाइ तथा कार्यकाल सफलताको शुभकामना दिँदै उनको कार्यकालमा नेपाल–चीन सम्बन्धले थप उचाइ लिने विश्वास व्यक्त गरेका थिए ।

नेपालका सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै गृहमन्त्री थापाले आगामी दिनमा पनि त्यसको निरन्तरतका लागि आग्रह गरेका गरेका थिए ।

भेटमा राजदूत याङ्छीले नेपालले चीनविरोधी गतिविधि नियन्त्रणका लागि खेलेको भूमिकाका लागि धन्यवाद दिँदै आगामी दिनमासमेत त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरिन् ।

उनले नेपालको सामाजिक र आर्थिक विकासका लागि चीन सरकारले दिँदै आएको सहयोगलाई थप बढाउँदै लैजाने प्रतिबद्धतासमेत व्यक्त गरेकी थिइन् । रासस

संम्बन्धित समचार

Leave a Reply