चितवनमा चार किसानले एकसाथ तरकारी खेतीमा डोजर लगाए !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ माघ २२, मंगलबार (५ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

माघ २२,भरतपुर । चितवनमा चार जना किसानले एकसाथ तरकारी खेतीमा डोजर लगाएका छन् । आफूले उत्पादन गरेको तरकारी उत्पादनले बजारभाउ नपाएपछि सोमबार चितवन खैरही नगरपालिका, १ ज्यामिरेका नवराज भुसाल, इन्दिरा भुसाल, सूर्यप्रसाद भुसाल र कृष्ण सापकोटाले बन्दाकोाभी र मुलाखेती नष्ट गरेका हुन् ।

दुई साताअघि खैरहनी नगरपालिका, ६ तुलसीपुरका किसान पुरन महतोले १५ कठ्ठा क्षेत्रफलमा लगाएको लाखौँ मूल्य बराबरको बन्दा र मुला नष्ट गरेको थिए ।

सित्तैमा लैजानु भन्दा पनि बिचौलियाले मानेनन्

ज्यामिरेका नवराज भुसालले चार जना किसानले २४ कठ्ठाभन्दा बढी क्षेत्रफलमा लगाएको बनदा नष्ट गरेको जानकारी दिए । आफूहरुले लगाएको बन्दा एक रुपैयाँमा उठाउन आग्रह गर्दासमेत नगगेको उनको गुनासो छ ।

भुसालले १० कठ्ठामा लगाएको बन्दामध्ये सात कठ्ठाको जेनतेन बिक्री भए पनि तीन कठ्ठामा लगाएको बन्दा व्यापारीलाई सित्तैमा लैजान आग्रह गर्दासमेत लैजान नमानेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस