भारतीय वायु सेनाका पाइलट अभिनन्दन रिहा ! भारतले राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्यो

फागुन १८,काठमाडौँ । पाकिस्तानले भारतीय वायु सेनाका पाइलट तथा विंग कमाण्डर अभिनन्दन वर्तमानलाई पाकिस्तानले शुक्रबार साँझ भारतको जिम्मा लगाएको छ ।

वाघा सीमामा पाकिस्तानी सेनाले भारतीय बोर्डर सेक्युरिटी फोर्सका अधिकारीहरुलाई कागजपत्रसहित वायु सेनाका पाइलटलाई सुम्पिएको हो ।

अभिनन्दनका बुवाआमा छोरालाई लिन वाघा सीमामा पुगेका थिए । यस्तै भारतीय वायुसेनाका उच्च अधिकारीसहित हजारौँको सङ्ख्यामा भारतीय नागरिकहरु वाघा बोर्डर पुगेका थिए ।

भारतलाई सुम्पिनुभन्दा अगाडि उनको मेडिकल जाँच गरिएको थियो । ढोल, नगारा बजाएर फूलमालासहित भारतीय झण्डा ओढाएर उनको भव्य स्वागत गरियो । अभिनन्दनलाई ल्याइने पाकिस्तानको अटारी बोर्डरबाट वाघा बोर्डर सडकको चारैतर्फ पञ्जाबी प्रहरीका जवानले सुरक्षा पहरा दिएका थिए ।

अटारी बोर्डरमा पाकिस्तानको तर्फबाट बिटिङ रिट्रिटपछि उनलाई पाकिस्तानी सेनाको गाडीमा राखेर गाडीको लस्करसहित वाघा बोर्डरमा ल्याइएको थियो । अटारी र वाघा बोर्डरबीचको दूरी तीन किलोमिटर छ ।

पाकिस्तानले आफ्नो तर्फबाट अटारी बोर्डरमा बीटिङ रिट्रीट गरे पनि भारतले भने सुरक्षाका कारण रिट्रिट नगर्ने निर्णय गरेको छ । अमृतसरका डेप्युटी कमिश्नर शिव दुलार सिंह ढिलोनले सुरक्षाको कारण बताउँदै अटारी वाघा बोर्डरमा गरिने बीटिङ द रिट्रिट नहुने बताएका थिए ।

संम्बन्धित समचार

Leave a Reply