नेकपा एकताको विषयमा पार्टीमा संवाद हुन छाड्यो ! सचिवालय बैठक अनिश्चित

चैत्र ६,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तल्लो तहको एकता प्रक्रिया केही दिन लम्बिने भएको छ । यसै सातादेखि एकता विषयमा छलफल हुने भनिएको थियो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएपछि एकता प्रक्रियामा एकसाताका लागि लम्बिएको हो । उनको भ्रमण सातदेखि १० दिनसम्म रहेको छ । अध्यक्ष प्रचण्ड अमेरिकाबाट फर्केपछि मात्र सचिवालयको बैठक बस्ने भएको छ ।

सचिवालयका सदस्य वामदेव गौतमले भने, ‘एकताको विषयमा पार्टीमा कुनै छलफल भएको छैन । कार्यदलले हालसम्म प्रतिवेदन पनि बुझाएको छैन । अब अध्यक्ष प्रचण्ड अमेरिकाबाट नफर्केसम्म सचिवालयको बैठक बस्दैन होला ।’

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच जेठ ३ गते एकीकरण भएको थियो । मूल कमिटी मात्र एकीकरण गरेका नेकपाले सम्पूर्ण एकता प्रक्रिया तीन महिनाभित्र टुङ्गो लगाउने निर्णय गरेको थियो । त्यसका लागि विभिन्न कार्यदल पनि बनाइएको थियो तर लामो समयसम्म कार्यदलले एकता प्रक्रिया टुङ्ग्याउन सकेन ।

संम्बन्धित समचार

Leave a Reply