‘प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्ने विधेयक पास भएकै दिन लोकतन्त्र समाप्त हुन्छ’ : डा. कोइराला

Post Thumbnail

चैत्र ९,काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सूरक्षा परिषदको सिफारिस बिना प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्न सक्ने कूरा उल्लेख गरेर ल्याउन लागेको विधेयक नेपाली कांग्रेसले कूनै पनी हालतमा नस्विकार्ने बताएका छन। कोइरालाले यो बिधयकले नेपाली सेनाको मनोबल घटाएको पनी बताए । डा. कोइरालाले भने– ‘प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्ने विधेयक जून दिन पास हून्छ त्यही दिनदेखी लोकतन्त्र समाप्तीको बाटोतर्फ लाग्छ। लोकतन्त्र बिरोधी र निरंकूशताको पक्षपोषण गर्ने यो विधेयक कदापी स्विकार्न सकिन्न।’

कोइरालाले प्रधानमन्त्री केपी ओली शक्तीको भोको भएकाले राज्यका महत्वपूर्ण सबै निकाय आफू मातहत राखेको बताएका छन । डा. कोइरालाले यतिबेला मूलूकको कुटनिती सम्बन्ध अत्यन्तै कमजोर बनेको पनी बताए ।

नेपाली कांग्रेस रत्ननगर नगर कार्यसमितीले चितवनको टॉडीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै डा. कोइरालाले महासमिती बैठकको राजनितीक प्रस्तावमा संसद पूनस्थापनाको कुरा उल्लेख गरेर नेतृत्वले पार्टीको ईतिहॉस मेटाउॅन लागेको बताए ।

‘गिरिजाप्रसाद कोइराला नेतृत्वको आन्दोलनले संसद पुनस्थापना नगरेको भए धेरै नेता अहिलेसम्म पनी जेलमै हून्थे’-डा शेखरले भने–संसद पूनस्थापनाकै जगमा मुलुकले अहिलेको उपलब्धी प्राप्त गरेको हो त्यो ईतिहॉस मेट्न पाइदैन।’
पार्टीले दूरदराजका कर्मठ र ईमान्दार कार्यकर्ताहरूलाइ न्याय दिन नसकेको बताउॅनुहूॅदै १४औं महाधिवेशन पछी कोही माथी अन्याए हून नदिने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस