आइपीएल : सन्दीपको टिम दिल्लीको विजयी सुरुवात

चैत ११, काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

आइतबार भएको खेलमा मुम्बई इन्डियनलाई ३७ रनले पराजित गर्दै दिल्लीले विजयी सुरुआत गरेको हो ।

वान्खडे क्रिकेट स्टेडियममा दिल्लीले दिएको २१४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मुम्बई १९ ओभर २ बलमा अलआउट हुँदै १७६ रनमा समेटियो ।

मुम्बईका लागि युवराज सिंहले ५३ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन । यस्तै हार्दिक पाण्डयाले ३२ रन जोड्दा क्विन टन डी ककले २७ रन जोडे । दिल्लीका इशान शर्मा र कागीसो राबडाले २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेकोदिल्लीले पुरै २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको थियो । मुम्बईसंगको खेलमा सन्दीप भने दिल्लीको टोलीमा पर्न सकेनन् ।

दिल्लीका लागि ऋषब पन्तले अविजित रहदै ७८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कोलिन इन्ग्रामले ४७ रन जोड्दा शिखर धवनले ४३ रन जोडे । मुम्बईका मिचेल म्याकक्लेनघनले ३ विकेट लिए ।

जितसंगै दिल्लीले २ अंकबाट सिजनको सुरुवात गरेको छ । मुम्बई भने घरेलु मैदानमै पराजित भएको छ ।

संम्बन्धित समचार

Leave a Reply