एसईई परीक्षा संयन्त्रमै प्रश्नः उत्तर पुस्तिकाको होला सुरक्षा ?

 

चैत १६, काठमाडौँ । प्रदेश २ मा एसईई प्रश्नपत्र लगातार बाहिरिन थालेपछि परीक्षा संयन्त्रमा प्रश्नचिन्ह खडा भएको छ।

चौबिसै घन्टा सुरक्षा घेराभित्र रहने प्रश्नपत्र परीक्षाको १२ घन्टा पहिल्यै सामाजिक सञ्जालमा भाइरल हुन पुग्यो।

यसै कारण बिहीबारको विज्ञान र शुक्रबारको समाजिक विषयको परीक्षा नै रद्द गर्नु पर्यो।

यसले परीक्षा सकिएका उत्तर पुस्तिकाको सुरक्षाबारे समेत चिन्ता र चासो बढेको खबर आजको कान्तिपुर दैनिकमा सुदीप कैनीले लेखेका छन्।

यस पटक ६ वटा अनिवार्य विषयका लागि प्रदेश अनुसार छुट्टा छुट्टै प्रश्नपत्र तयार पारिएको थियो।

प्रश्नपत्र बाहिरिँदा प्रदेश २ का २ सय ६२ परीक्षा केन्द्रमा ७० हजार ५ सय ६८ विद्यार्थी परीक्षाबाट बञ्चित भएका छन्।

 

संम्बन्धित समचार

Leave a Reply