सुनको मूल्य घट्यो

चैत्र २१,काठमाडौँ । नेपाली बजारमा बिहीबार छापावाल सुनको भाउ प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको (बुधबार) भन्दा एक सय रुपैयाँले कम हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजावी सुन भने प्रतितोला ५९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply