आन्दोलनरत डाक्टरलाई पेल्ने प्रधानमन्त्री ओलीको उद्देश्य, मागे सरकारी अस्पताल सञ्चालन भए नभएको तथ्यांक !

चैत २८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका सरकारी अस्पतालमा सेवा सञ्चालन भए नभएको तथ्यांक मागेका छन्।

समायोजनमा असन्तुष्टि जनाउँदै सरकारी डाक्टरले सेवा अवरुद्ध पारेको ६ दिन भइसकेको छ। तर, अस्पताल विकास समितिका चिकित्सकले बुधबार भने एकदेखि दुई घन्टा सेवा सञ्चालन गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका तीन सय सरकारी स्वास्थ्य संस्थामा आंशिक सेवा सञ्चालन गरिएको छ।

डाक्टरको आन्दोलनको प्रभावको आधारमा सरकारी धारणा बनाउने उद्देश्यले प्रधानमन्त्रीले देशभरका अस्पतालमा सेवाको अबस्था बुझ्न खोजेको हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले बताए।

प्रशासनले माइकिङ गरेर बोलाएपछि जम्मा भएका डाक्टरले वीर अस्पतालको आँगनमा बुधबार बिरामीको चेकजाँच गरेका थिए।

‘एक घण्टामा समाधान हुने विषय छ। तर, प्रधानमन्त्रीले डाक्टरलाई झन् पेल्ने उद्देश्य देखाए,’ स्वास्थ्य मन्त्रालय श्रोतले भन्यो, ‘यसले डाक्टरलाई सेवामा फर्काउने भन्दा आन्दोलनमा उकास्न सक्छ।’

संम्बन्धित समचार

Leave a Reply