बारा–पर्साको हुरी ‘टोर्नाडो’ भएको पुष्टि, नेपाली नाम खोजिँदै

चैत २८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले चैत १७ मा बारा र पर्सामा आएको भीषण हावाहुरी टोर्नाडो भएको पुष्टि गरेको छ।

विभागका अनुसार नेपालमा पहिलो पटक टोर्नाडो आएको हो । विभागले त्यसको नेपाली नाम खोजी भइरहेको जनाएको छ।

विभागले बुधबार जल तथा मौसम पूर्वानुमान महाशाखामा पत्रकार सम्मेलन गरी भूउपग्रहबाट प्राप्त उच्च रिजोलुसनका तस्बिर, स्थलगत अवलोकन र भिडियोको सूचना अध्ययनले त्यो दिनको हावाहुरी टोर्नाडो भएको पुष्टि भएको जनाएको छ। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

विभागका महानिर्देशक सरजकुमार वैद्यका अनुसार विभागको नेतृत्वमा द स्मल अर्थ नेपाल र एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) का वैज्ञानिकहरूको टोलीले घटनालगत्तै चार दिनसम्म प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरेको थियो।

अध्ययनमा सहभागी विभागकी वरिष्ठ मौसमविद् अर्चना श्रेष्ठले टोर्नाडो चितवन निकुञ्जमा सुरु भएको जानकारी दिइन्। पर्साको जगनाथपुरमा बलियो स्वरूप लिएको टोर्नाडो बाराको बौरियामा गएर कमजोर अवस्थामा विसर्जन भएको थियो।

संम्बन्धित समचार

Leave a Reply