धुनिबेशी नगरको बजेट साँढे ५४ करोड : सडक र खानेपानीमा विशेष प्राथमिकता !

असार १०,धादिङ । धुनिबेशी नगरपालिकाले आगामी आर्थिक वर्षको लागि साँढे ५४ करोड रुपैँया बराबरको बजेट विनियोजन गरेको छ । नगरपालिकामा भएको नगरपालिकाको तेस्रो नगरसभाबाट आर्थिक वर्ष २०७५/०७६ को लागि ५४ करोड ४९ लाख ०१ हजार रुपैँया विनियोजन विनियोजन गरेको हो ।

आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र आयोजना कार्यान्वयन गर्न नगर कार्यपालिका सदस्य लक्ष्मी न्यौपाने उप्रेतीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र बजेटमा सडक, खानेपानी लगायतलाई प्राथमिकतामा राखिएको छ । कुल विनियोजन मध्ये चालु खर्च तर्फ २५ करोड ६६ लाख १३ हजार अर्थात कुल विनियोजनको ४७.०९ प्रतिशत र पूँजीगत तर्फ २८ करोड ८२ लाख ८८ हजार अर्थात कुल विनियोजनको ५२.९१ प्रतिशत विनियोजन गरिएको छ ।

चालु खर्च तर्फ विनियोजन गरिएको रकममा संघीय सरकारबाट प्राप्त हुने जेष्ठ नागरिक तथा दिर्घ सेवा सम्मान कार्यक्रमको रु५ करोड १० लाख, शिक्षा, स्वास्थ्य, कृषि प्राविधिक तथा महिला तथा वालवालिका कार्यक्रम तर्फका कर्मचारीहरु तलब, भत्ता लगायतका सूविधाको लागि संघीय सरकारबाट प्राप्त सशर्त अनुदान ११ करोड ०१ लाख ७० हजार र नगर कार्यपालिका तथा वडा कार्यालय तर्फ कर्मचारीहरुको तलब भत्ता र सुविधा एवं सेवा प्रवाहको लागि चाहिने प्रशासनिक खर्च रु ९ करोड ५४ लाख ३९ हजार समावेस भएको नगरपालिकाले जनाएको छ ।

आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्ये संघीय सरकारवाट प्राप्त हुने वित्तीय समानिकरण अनुदान रु।१६ करोड १५ लाख, सशर्त अनुदान रु १७ करोड ६९ लाख, राजश्व बाँडफाँडबाट रु ६ करोड ६१ लाख ६७ हजार एवं प्रदेश सरकारवाट प्राप्त हुने समानिकरण अनुदान ८० लाख ९२ हजार, सशर्त अनुदान रु १ करोड ८५ लाख ७० हजार, प्रदेश कानून अनुसार नगरपालिकाले संकलन गरी नगरलाई प्राप्त हुने राजश्व बाँडफांड रु ३ करोड २० लाख, सडक बोर्ड नेपालबाट प्राप्त हुने रु।२५ लाख, नगरपालिकाको आन्तरीक राजश्व ५ करोड ७७ लाख ११ हजार र चालु आ.ब २०७४/७५ को विनियोजनबाट बचत हुने अनुमानित रकम रु २ करोड १४ लाख ६१ हजार बाट व्यहोरिने अनुमान रहेको प्रस्तुत बजेटमार्फत जानकारी गराईएको छ ।

नगरपालिकाले सडक र सडकपेटी, खानेपानी, विद्युतिकरण, संस्कृित संरक्षणका योजनाहरु, कृषि तथा पशु विकास कार्यक्रम लगायतको योजनाका लागि बजेट प्रस्तुत गरेको नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बताए । उनले खानेपानी र सडकका लागि नगरपालिकाको बजेटमा विशेष जोड दिईएको बताए ।

बजेट हेर्न यहाँ क्लिक गर्नुहोस् ।

dhunibeshi budget

-नागरिकपाटीको सहकार्यमा

संम्बन्धित समचार

Leave a Reply