‘व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह’ मनाइँदै

बैशाख १५, काठमाडौँ । व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने उद्देश्यले आइतबारदेखि ‘व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह’ मनाइँदै छ ।

विभिन्न प्रकृतिका श्रम गर्ने सिलसिलामा उत्पन्न हुने खतरा तथा जोखिमबाट श्रमिकको जीवनमाथि पर्न सक्ने प्रतिकूल असर न्यूनीकरण गर्ने अभिप्रायले सप्ताह मनाउन लागिएको हो ।

स्वास्थ्य तथा सुरक्षितरुपमा काम गर्ने वातावरण स्थापना गर्न सबै सरोकारवाला निकायको सचेतना अभिवृद्धि गर्ने उद्देश्यले २०५७ सालदेखि अप्रिल २८ तारिखका दिन विश्वभर सप्ताहव्यापीरुपमा विभिन्न कार्यक्रम गर्दै ‘व्यवसायजन्य सुरक्षा र स्वास्थ्य दिवस’ मनाउन थालिएको हो ।

दिवसका अवसर पारेर श्रम तथा व्यवसायजन्य विभागले साप्ताहिकरुपमा श्रमिक स्वास्थ्य, सुरक्षा तथा सचेतनासम्बन्धी कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रमअन्तर्गत यही वैशाख १६ गते अटो व्यवसायी सङ्घको सहकार्यमा अटो श्रमिकका लागि निःशुल्क आँखा शिविर, १७ गते काठमाडौँ उपत्यकामा रहेको इँटा उद्योगमा कार्यरत श्रमिकको स्वास्थ्य परीक्षण, १९ गते काठमाडौँ उपत्यकाभित्रका औद्योगिक क्षेत्रमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी प्रचारप्रसार र २१ गते सरोकारवाला निकायको सहभागितामा बृहत् अन्तक्र्रिया गरिने व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रका प्रमुख वरुणकुमार झाले जानकारी दिए ।

व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी सूचना प्रवद्र्धन गर्ने उद्देश्यले सरोकारवालाको सहभागितामा आइतबार बिहान वसन्तपुरबाट प्रभातफेरि गरिने विभागले जनाएको छ ।

वसन्तपुरबाट शुरु भएको प्रभातफेरि प्रज्ञा डबलीमा पुगेर समापन हुनेछ ।

यस वर्ष दिवसको नारा ‘कामको भविश्य र सुरक्षा तथा स्वास्थ्य’ तय गरिएको छ ।

संम्बन्धित समचार

Leave a Reply