नेकपा पोलिटब्युरोमा यसरी गरियो भागबन्डा

बैशाख १९, काठमाडौँ । सत्तारुढ नेकपाको जिल्ला एकीकरण टुंगिएलगत्तै शीर्ष नेतृत्वले पोलिटब्युरो सदस्य चयनमा पनि सैद्धान्तिक सहमति जुटाएको छ।

नेकपा उच्च श्रोतका अनुसार वरिष्ठ नेता माधव नेपाल अमेरिका जानुपूर्व पोलिटब्युरो गठनमा सहमति जुटेको हो।

नेकपाको केन्द्रीय कमिटीको एकतिहाइ रहनेगरी पोलिटब्युरो कमिटी गठन हुने विधानमा व्यवस्था छ।

केन्द्रीय समिति ४ सय ४१ सदस्यीय छ। यीमध्येबाट एक सय ४७ जनासम्मको पोलिटब्युरो गठन हुन सक्छ।

पोलिटब्युरो गठन गर्दा केपी ओली समूहबाट ३८ जना, प्रचण्डका ४९, माधव नेपालका ३६, रामबहादुर थापा समूहका १० बामदेव गौतम र नारायणकाजी श्रेष्ठ समूहबाट ७ -७ जना पोलिटब्युरोमो समेटिने सहमति नेताहरुबीच भएको छ।

संम्बन्धित समचार

Leave a Reply