तीव्र गतिमा ओडिशाकाे तटीय क्षेत्रमा ठाेक्किँदै चक्रवात ‘फानी’

बैशाख २०, काठमाडौँ । बंगालको खाडीमा बनेको चक्रवाती तुफान फानी केही घण्टापछि भारतको ओडिशा राज्यको तटीय क्षेत्र पुरीमा आइपुग्ने भएको छ । फानी आँधीका कारण त्यस क्षेत्रमा वर्षा सुरु भैसकेको छ ।

तटीय क्षेत्रका झण्डै ११ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

जल सेना र कोस्ट गार्डलाई सम्भावित घटनालाई कम गर्न अलर्ट अवस्थामा राखिएको बीबीसीले जनाएको छ । मौसम विभागका अनुसार यो प्रणाली ओड़ीसा को तटीय क्षेत्र मा भित्रिने (Landfall) सम्भावना देखिन्छ | त्यसपश्चात यो प्रणाली फेरि उत्तर- पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जाने छ |

मौसम विभागका अनुसार चक्रवात फानीको गति १७५ किलोमिटर प्रतिघण्टादेखि १८५ किलोमिटर प्रतिघण्टासम्म हुन सक्नेछ । यसका कारण समुद्रमा झण्डै डेढ मिटरसम्म छाल आउन सक्नेछ । पुरीको तटीय क्षेत्रमा ठोक्किएपछि यो चक्रवात ओडिशाकै खुर्दा, कटक, जगतसिंहपुर, केन्द्रपाडा, जाजपुर, भद्रक, बालेश्वर जिल्ला हुँदै पश्चिम बंगालतर्फ बढ्नेछ । त्यसपछि यसले बंगलादेशका केही भागमा समेत प्रभाव पार्नेछ ।

ओडिशामा सम्भावित खतरालाई मध्यनजर गर्दै एक सयभन्दा बढी रेल रद्द गरिएको छ । त्यस्तै बिहीबार रातिदेखि भुवनेश्वर विमानस्थलबाट २४ घण्टाका लागि सबै उडान रद्द गरिएको छ ।

ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले उद्धार तथा राहतका लागि पूरा पूर्व तयारीका साथ सरकार बसेको बताएका छन् । एजेन्सी

संम्बन्धित समचार

Leave a Reply