राष्ट्रपति भण्डारीद्धारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (लाईभ)

बैशाख २०,काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गएको वर्ष तथ्य र तथ्यांकमा आधार रहेर ल्याइएको नीति कार्यक्रम अनुसार नै सरकार सञ्चालन भइरहेको बताएकी छिन । सम्बोधनको सुरुमा नै उनले आफ्नो चीन भ्रमण सफल भएको प्रष्ट पारिन ।

प्रतिनिधिसभा र प्रदेशसभामा संयुक्त रुपमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले सरकार थप सुदृढ र समुन्नत बन्दै गएको बताए । अहिले सबै किसिमका तरलता समाप्त भइ शान्ति र स्थिरता कायम भएकाले भ्रष्टाचार, बेथिति अन्त्य हुँदै गएको पनि उनले बताईन ।

मौलिक हक तथा विभिन्न ऐन कानुनहरु निर्माण गरिएकाले संविधान कार्यान्वयन गराउने सवालमा सरकार सफल भएको पनि उनले बताईन । अहिलेको सरकारको प्रयासले नै पृथकतावाद र हिंसाको राजनीति अन्त्य भएको भन्दै देश समृद्धितर्फ अग्रसर भएको पनि उनले बताईन।

संम्बन्धित समचार

Leave a Reply