कोटेश्वर चोक नजिकै शंकास्पद वस्तु फेला, सेना र प्रहरीको टोली घटनास्थलमा

बैशाख २३, काठमाडौं । काठमाडौंको कोटेश्वरमा शंकास्पद वस्तु फेला परेको छ । कोटेश्वर चोक नजिकै शंकास्पद झोला भेटिएपछि प्रहरी र नेपाली सेनाको टोली पुगेको छ ।

शंकास्पद वस्तु भेटिएको र त्यसको पहिचान गर्ने काम भइरहेको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी गोविन्द काफ्लेले जानकारी दिए । नेपाली सेनाको बम डिस्पोजल टोली पनि घटनास्थल पुगेको छ ।

शंकास्पद वस्तु भेटिएपछि कोटेश्वर९ भक्तपुर हुदै चल्ने सवारी साधनलाई तिनकुने र कोटेश्वर चोकबाटै डाईभर्सन गरिएको छ । ट्राफिक प्रहरीले कोटेश्वर चोक हुँदै चल्ने सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ ।

संम्बन्धित समचार

Leave a Reply