जब मोराटाले भने : एट्लेटिकोमै बस्न चाहन्छु…

बैशाख ३, काठमाडौँ । स्पेनिस फरवार्ड अल्भारो माराटाले अर्को सिजन ला लिगा क्लब एट्लेटिको मड्रिडमै बस्ने ईच्छा गरेका छन् । लोनमा स्पेनिस क्लबमा आएर मोराटाले लण्डन क्लब चेल्सी फर्कन अनिच्छा व्यक्त गरेका छन् ।

सन् २०१७ मा रियल मड्रिडबाट चेल्सी पुगेका मोराटाले क्लबसंग उतार चढावको यात्रा तय गरे । मुख्य कुरा चोटका कारण उनी फर्ममा देखिन निकै संघर्षरत रहे ।
उनी चेल्सी प्रशिक्षक माउरिजियो सर्री नेतृत्वको टिममा स्थान बनाउन असफल रहेपछि एट्लेटिको मड्रिडमा डेढ बर्षका लागि लोनमा आएका थिए । त्यसपछि युभेन्ट्सका स्टार गोन्जालो हिग्विनलाई चेल्सीले लोनमा लगेको थियो ।

स्पेनका अन्तराष्ट्रिय खेलाडीले पछिल्ला १५ खेलमा ६ पटक मौका समेत पाएका छन् ।

हिग्विन चेल्सीमा अझै प्रभाव जमाउन संघर्ष गरिरहेका छन् । ईडेन हजार्ड क्लबबाट बाहिरिने प्रक्रियामा रहेका छन् । क्लब आफै खेलाडी अनुबन्धनको प्रतिबन्धमा छ । सोही कारण लोनमा रहेका मोराटा र सिक्की बत्सुवाई अर्को सिजन चेल्सी फर्कने आँकलन गरिएको छ ।

तर एट्लेटिकोले फरवार्ड मोराटाका लागि १६ मिलियन युरो खर्च तयार देखिएको छ । मोराटा आफै समेत त्यो प्रस्तावमा खुसी छन् । र क्लबमा बसेर अर्को सिजन अधिकांश खेल खेल्न चाहन्छन् ।

‘सबै कुरा प्रष्ट छ, म के चाहन्छु भनेर ।’ उनले सञ्चाकरर्मीसंग भनेका छन्, ‘म यहाँ रहन चाहन्छु । म सबै कुरा गर्न तयार छु । म निरन्तर यहाँ खेल्न चाहन्छु । म खेल्नका लागि सबै शक्तिको प्रयोग गर्न चाहन्छु । म यहाँ बस्न सबै चिज खर्चिनेछु ।’

‘मैले अन्य क्लब जाने बिषयमा धेरै सोचेको छैन । म समर्पित भएर यही क्लबमा धेरै चिज गर्न चाहन्छु ।’ उनले जोडेका छन् ।

मोराटाका पुर्व सहकर्मी हजार्ड चेल्सी छाड्दै उनको पुर्व स्पेनिस क्लब रियल मड्रिड जादैछन् । सञ्चारकर्मीको प्रश्नमा मोराटाले विश्वको कुनैपनि टिममा गएर स्टार बन्न सक्ने क्षमता हजार्डमा रहेको उल्लेख गरेका छन् ।

‘उनी विश्वका एक उत्कृष्ट खेलाडी हुन् । उनी कुनैपनि टिममा फिट हुन सक्छन् । सबै टिम उनलाई चाहन्छन् । उनी शीर्ष खेलाडी हुन र शीर्ष व्यक्तित्व हुन् ।’ मोराटाले भनेका छन् । एजेन्सी ।

संम्बन्धित समचार

Leave a Reply