नारायणगढ–मुग्लिन सडक : पहिरोले घुमाउने र पाँचकिलो खण्ड एकतर्फी सञ्चालन

जेठ १९, काठमाडौँ । नारायणगढ–मुग्लिन सडकको घुमाउने र पाँचकिलो खण्ड एकतर्फी भएको छ। गएरातिको वर्षाका कारण पहिरो खस्दा सो सडक खण्डमा सवारीसधान एकतर्फी मात्रै गुडिरहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ।

पहिरो सामान्य रहेको र केही समयमा दुवैतर्फ सञ्चालन हुने प्रदेश ३ ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवीनराज राईले बताए ।

वर्षौँ लगाएर केही समयअघि मात्र निर्माण सम्पन्न भएको सडकमा पुनः अवरोध हुँदा हजारौँ यात्रु प्रभावित भएका छन्। पहिरो रोकथामका लागि सम्बन्धित निकायले समयमै पर्याप्त काम नगर्दा यस वर्ष बर्खामा सास्ती भोग्नुपर्ने अवस्था आएको भन्दै यात्रुहरूले चिन्ता व्यक्त गरे।

संम्बन्धित समचार

Leave a Reply