विप्लवको दावी: ‘प्रहरीचौकीमाथि आक्रमणको प्रयास गरेकै छैनौँ, गलत हल्ला चलाईयाे’

जेठ २०, काठमाडौँ । । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सोलुखुम्बुमा आफ्नो पार्टीले प्रहरीचौकीमाथि आक्रमणको प्रयास नगरेको दाबी गरेको छ ।

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको छेस्काममा रहेको एक प्रहरीचौकीमा नेकपाले आक्रमण गरी कब्जामा लिने असफल प्रयास गरेको समाचार बाहिरिएपछि सो समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्माले विज्ञप्ति निकालेर यसको खन्डन गरेका हुन् ।

सरकारले आफूहरुलाई दमन गर्नका लागि चौकीमाथि आक्रमणको प्रयास गरेको भन्ने निराधार हल्ला चलाएको दाबीसमेत विश्वकर्माद्वारा सोमबार जारी विज्ञप्तिमा गरिएको छ ।

‘सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको र त्यसप्रकारको कुनैपनि घटना नभएको स्पस्ट गर्दै पूर्वी नेपालमा दमन गर्ने सरकारी षडयन्त्रअनुरुप त्यसप्रकारको समाचार (फेक न्यूज) ल्याएको स्पस्ट गर्न चाहन्छौं’–विज्ञप्तिमा भनिएको छ ।

यसअघि, आइतबार मध्यराति १२ बजेतिर २५/३० जनाको समूहले चौकी कब्जा गर्ने असफल प्रयास गरेको जनाइएको थियो ।

संम्बन्धित समचार

Leave a Reply