कोपा अमेरिका फुटबल : चिलीले ईक्वेडरलाई २–१ ले हरायो, साञ्चेज र पेड्रो चम्किए

असार ७,काठमाडौँ । कोपा अमेरिका फुटबलमा समूह सीमा रहेको चिलीले इक्वेडरलाई २–१ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । ८ औं मिनेटमा जोसे पेड्रोले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए । सुरुदेखिनै आक्रामक खेलेको चिलीले २६ औं मिनेटमा बराबरी गोल खान पुग्यो ।

चिलीका खेलाडीले गल्ती गरेपछि पाएको पेनाल्टी मार्फत इक्वेडरका इरन रेमबर्टोले बराबरी गोल गरेका थिए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा निर्णायक गोल चिलीले दोस्रो हाफमा गरेको थियो । ५१ औं मिनेटमा एलेक्स साञ्चेजले गोल गरेपछि चिली २–१ ले अघि बढेको थियो । त्यो अग्रतालाई चिलीले अन्तिम समय सम्म जोगाउँदै लागतार दोस्रो जित हात पार्न सफल भयो ।

इक्वेडर अन्तिम समयमा भने १० खेलाडीमा सीमित भएको थियो । उसका ग्रावियल एचियर रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।

यो समूहमा उरुग्वे दोस्रो स्थानमा छ भने जापान तेस्रो स्थानमा रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply