विवादित कम्पनीलाई ७८ करोडको ठेक्का दिइँदै

असार ८,काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक प्रस्तावमा उल्लेख भएको रकम घटाउन लगाई मलेसियाको विवादित कम्पनीलाई ७८ करोडभन्दा बढी (७० लाख ६६ हजार ८ सय ८८ डलर) को आयोजना जिम्मा दिने निर्णय गरेको छ ।

प्राधिकरणले जडान गर्न लागेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० स्थापनाका लागि मलेसियन न्युमेरा सेन्ड्रियन बरहादसमेतको संयुक्त लगानी (जेभी) लाई सम्झौताका लागि आउन पत्राचार गरेको छ ।

यो कम्पनीमाथि मलेसियामा प्रयोगकर्ताको तथ्याकं सुरक्षित गर्न नसकेको आरोप छ ।

मलेसियाको कम्युनिकेसन एन्ड मल्टिमिडिया कमिसनले मोबाइल ब्लकिङ सेवा सञ्चालनका लागि न्युमेरालाई जिम्मा दिएको थियो ।

संम्बन्धित समचार

Leave a Reply