फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा देखिएको समस्या सुल्झियो

असार १९, काठमाडौँ । सामाजिक सञ्जालका एप्लिकेसनहरु फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा देखिएको गडबडी ८ घण्टापछि सुल्झिएको छ। प्रयोगका क्रममा यी एप्लिकेसनहरुका केही फिचरहरुमा समस्या उत्पन्न भएको थियो।

फेसबुकका अनुसार देखिएका सबै समस्या अहिले समाधन भइसकेका छन्। खासमा यी तीन वटै एप्समा तस्बिर र भिडियोमा मात्रै समस्या देखिएको थियो।

फेसबुकको वेबसाइट तथा मोबाइल एप्लिकेसनमा न्युज फिडमा केही तस्बिरहरु देखिएका थिएनन्। यो समस्या इन्स्टाग्राममा पनि देखिएको थियो। ह्वाट्सएपमा पनि तस्बिर तथा भिडियो पठाउन तथा डाउनलोड गर्न मिलेको थिएन।

प्रयोगकर्ताहरुले फेसबुकमा केही तस्बिर तथा भिडियो डिस्प्ले हुन नसकिरहेको बताइरहेका थिए। वेबसाइट तथा मोबाइल एप्स दुवैमा यस्तो समस्या देखिएको भन्दै स्टाटसहरु लेखिएका थिए। उता इन्स्टाग्रममा पनि स्टोरीहरु डिस्प्ले नभएको भन्दै प्रयोगकर्ताहरुले ट्विटरमा ट्विट गरेका थिए।

समस्या उत्पन्न भएको गुनासो आउनासाथ फेसबुकले एक ट्विट गर्दै समस्याबारे जानकारी मिलेको र सोलाई सुल्झ्याउन लागि परेको स्पष्ट पारेको थियो।

फेसबुक तथा इन्स्टाग्राममा केही तस्बिर लोड नहुने तथा कतिपय भने खाली देखिने गरेको थियो। कतिपय प्रयोगकर्ताबाट भने म्यासेन्जरमा समेत म्यासेज तथा तस्बिर नदेखिएको गुनासाो आएको थियो।

करिब ८ घण्टापछि फेसबुकले एक ट्विट गर्दै समस्या समाधान भएको जनाएको छ। बिहीबार बिहान ५ः०६ मा ट्विट गर्दै फेसबुक टिमले आप्नो एप्स तथा प्ल्याटफर्ममा आएको सबै समस्या शतप्रतिशत समाधान गरिएको प्रष्ट पारेको हो।

संम्बन्धित समचार

Leave a Reply