‘सरोज खनालको फोटो नियोजित’ : चलचित्र विकास बोर्ड

साउन १, काठमाडौँ । राष्ट्रपति भवन शितल निवासमा शुक्रबार राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान वितरण कार्यक्रमको फोटो विवादबारे चलचित्र विकास बोर्डले आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

अभिनेता सरोज खनालले शौचालयमा बसेको फोटो फेसबुकबाट सार्वजनिक गरेका थिए । सोमबार चलचित्र विकास बोर्डले विज्ञप्ति जारी गरी उक्त तस्वीर नियोजित रुपमा खिचिएको दाबी गरेको छ ।

चलचित्र संग्रहालयका सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत चिरञ्जीवी गुरागाईँद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘शौचालयमै बस्नुपर्ने गरी कुनै पनि कलाकारलाई असुविधा नभएको पनि बोर्ड स्पष्ट पार्दछ ।’

विज्ञप्तिमा पुरस्कार वितरणको कार्यक्रम बोर्डले आयोजना गरेको र शितल निवासले कार्यक्रम हल एवं समय मात्र उपलब्ध गराएको दाबी गर्दै राष्ट्रपति कार्यालयको कार्यक्रममा अन्य कुनै सम्बन्ध नरहेको पनि जनाइएको छ । सुविधा उपलब्ध गराउँदा गराउँदै पनि भूलवश कलाकारलाई कुनै कमीकमजोरी भएको भए बोर्डले क्षमा माग्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

संम्बन्धित समचार

Leave a Reply