भदौ २२ मा ‘रामकहानी’ सँग ‘रोजी’ भिड्ने

असार २१,काठमाडौँ । आउँदो भदौ २२ गते वर्ष २०७५ को सबैभन्दा ठुलो महासंग्राम हुने भएको छ । यो मितिमा निर्देशक सुदर्शन थापा निर्देशित तथा अभिनेत्री पूजा शर्मा अभिनीत फिल्म ‘रामकहानी’ रिलिज हुँदैछ ।

उक्त फिल्मले रिलिज डेट घोषणा गर्दा यो मितिमा अन्य फिल्म थिएनन् । यसैबीच सलोन बस्नेत र सारा सिर्पाली अभिनीत फिल्म ‘सुश्री सम्पत्ति’ ले प्रदर्शन मिति घोषणा गर्‍यो । अब भदौ २२ मा दुईटा फिल्म मात्र रिलिज नहुने भएका छन् । युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म ‘रोजी’ पनि उक्त मितिमा रिलिज हुने भएको छ । तीजलाई लक्षित गर्दै ‘रोजी’ टिमले ‘रामकहानी’ सँग भिड्ने आँट कसेको छ ।

‘रोजी’ का वितरक गोविन्द शाहीले भने, ‘हामी भदौ १५ मा आउने कुरा थियो । तर उक्त मितिमा सन्तोष सेनको ुमेरी मामुु आउने भएपछि भदौ २२ रोजेका हौं ।’

फिल्म ुरोजीु को टीजर सार्वजनिक भइसकेको छ । फिल्ममा अभिनेता खड्का एक किलरको भूमिकामा प्रस्तुत छन् । निरक पौडेल निर्देशित यो फिल्ममा परमिता आरएल राणा, मिरुना मगर, कर्मा शाक्यलगायतका कलाकारहरु पनि अभिनय छ ।

हरेक वर्षका तीजमा नेपाली फिल्मले सोलो रिलिजको मौका पाएका उदाहरण निकै कम छन् । यस वर्ष पनि तीन ठूला फिल्म एकै मितिमा रिलिज हुने भएपछि यतिबेला सिनेवृत तरंगीत बनेको छ ।

संम्बन्धित समचार

Leave a Reply