नेस्वहोमयुसहित युवा मजदुरले मनाए अन्तर्राष्ट्रिय युवा दिवस

साउन २७,काठमाडौँ । नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन (नेस्वहोमयु) र नेपाल ट्रेकिङ्ग, ट्राभल्स, ¥याफ्टिङ्ग, एयरलाईन्स, पुरातात्विक संस्कृती, काग्रो, कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) को संयुक्त आयोजनामा आज अन्तर्राष्ट्रिय युवा दिवस २०१९ बिशेष कार्यक्रम पर्यटन बोर्डको हल, भृकुटी मण्डप, काठमाण्डौमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा नेस्वहोमयुका अध्यक्ष सुर्य बहादुर कुवँरले स्वदेशमै रोजगारीको सृजना गरी युवाहरु बिदेश जानबाट रोक्नु पर्ने बताए । उनले युवा पलायन नरोकिए देशमा बृद्धबृद्धाहरु मात्र हुने भएकोले बिकसित राष्ट्र निर्माण गर्न कठिन हुने जिकिर गरे ।

युनिट्राभका अध्यक्ष सुमन पराजुलीले युवाहरुमा नेतृत्व बिकास गरी आफ्नो मातहतमा रहेका सम्पुर्ण युनियनहरुमा युवाहरुलाई नेतृत्व गर्न अबसर प्रदान गर्ने जसले गर्दा युनियनहरु थप सशक्त हुने विस्वास ब्यक्त गरे ।

उक्त कार्यक्रमका अध्यक्षता गरेका नेस्वहोमयु उपमहासचिब तथा केन्द्रिय युवा ईन्चार्ज दिनेश घिमिरेले अबको ट्रेड युनियन आन्दोलनको नेतृत्व युवाहरुले गर्नु पर्ने बताए । आफ्ना अग्रज नेताहरुको सल्लाह, सुभाब, अनुभब र युवाहरुको जोस, जाँगरको मिश्रणबाट उत्पन्न हुने उर्जाले श्रमिक युवाहरुको हक अधिकार प्राप्त हुने र प्राप्त भएका हक अधिकारहरुको रक्षा गर्न सक्ने उनको दावी थियो ।

आफ्नो भबिष्य निर्माणको लागी आफै लडनुपर्ने भएको हुदाँ सबै श्रमिक युवाहरुलाई एकताबद्ध भई ट्रेड युनियन आन्दोलनमा सरिक हुदै मजदुर मैत्री राष्ट्र निर्माणको अभियानमा सहभागी हुन समेत आह्वान गरेका थिए। कार्यक्रममा विभिन्न क्षेत्रका युवा मजदुरको सहभागिता रहेको थियो । कार्यक्रममा तिर्थ सुवेदीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन रामकाजी तिवारीले गरेका थिए ।

संम्बन्धित समचार

Leave a Reply