ट्रम्पका कारण विशाल आर्थिक मन्दीमा जाँदै अमेरिका

भाद्र ३, काठमाडौँ । संयुक्त राज्य अमेरिकाका व्यावसायिक क्षेत्रमा आबद्ध अर्थशास्त्रीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पका कतिपय आर्थिक नीतिका कारण सन् २०२१ को अन्त्यसम्ममा आर्थिक मन्दी हुने अनुमान गरेका छन्।

अमेरिकी व्यावसायिक अर्थशास्त्री संघले गरेको सर्वेक्षणमा ३४ प्रतिशत अर्थशास्त्रीले अर्थतन्त्रको मन्द वृद्धिले सन् २०२१ मा ठूलै आर्थिक मन्दी निम्तिने उल्लेख छ। यो खबर आजको कारोबार दैनिकमा छापिएको छ।

गत फेब्रुअरीमा गरिएको यस्तै सर्वेक्षणमा २५ प्रतिशतले आर्थिक मन्दी आउने पूर्वानुमान गरेका थिए। करिब ३८ प्रतिशतले आर्थिक मन्दी सन् २०२० मै सुरु हुने बताएका छन्।

अर्थशास्त्रीहरूले राष्ट्रपति ट्रम्पले अघि सारेका करवृद्धिको योजना र उच्च बजेट घाटाले अन्ततः अर्थतन्त्रलाई नै नोक्सान पुर्याउने अनुमान गरेका छन्।

संम्बन्धित समचार

Leave a Reply