‘साहो’ प्रतीक्षामा श्रद्धा कपुर

भाद्र ३, काठमाडौँ । बलिउड अभिनेत्री श्रद्धा कपुर अहिले आफ्नो रिलिजको तयारीमा रहेको फिल्म ‘साहो’को प्रचारप्रसारमा व्यस्त छिन्। यो फिल्ममा श्रद्धा साउथ सुपरस्टार प्रभाससँग रोमान्स गर्दै देखिने छिन्।

श्रद्धा सोसल मिडियामा पनि फिल्मको प्रचार गरिरहेकी छन्। उनले साहोको गीत ‘इन्नी सोनी’ बाट आफ्ना केही तस्बिर सेयर गरेकी छन्। तस्बिरमा श्रद्धा कालो पहिरनमा देखिएकी छन् ।

फ्यानले श्रद्धा कपुरका यी तस्बिर निकै मन पराएका छन्। सोसल मिडियामा यी फोटो भाइरल भएका छन्। श्रद्धाको फिल्म ‘साहो’ ३० अगस्टमा रिलिज हुँदैछ। श्रद्धाले यो फिल्मका लागि सात करोड पारि श्रमिक लिएकी छन्। ‘साहो’ हिन्दीका साथै तमिल र तेलुगूमा पनि रिलिज गरिँदै छ।

साहोका साथै श्रद्धा फिल्म ‘छिछोरे’मा सुशान्त सिंह राजपुत र फिल्म ‘स्ट्रिट डान्सर घडी’मा वरुण धवनसँग देखिँदै छिन्।

संम्बन्धित समचार

Leave a Reply