प्रचण्ड र विश्व बैंकका प्रतिनिधिबीच भेटवार्ता

असार २८,काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ( ने क पा) का अध्यक्ष प्रचण्ड र विश्व बैंकका प्रतिनिधि तथा नेपालका कन्ट्री म्यानेजर फारिस हदाद–जर्वोसबीच भेटवार्ता भएको छ ।

बिहीबार बिहान अध्यक्ष निवास खुमलटारमा भएको वार्तामा नेपालको आर्थिक समृद्धिमा विश्व बैंकले खेल्ने भूमिकालगायत विषयमा छलफल भएको थियो ।

प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार, अध्यक्ष प्रचण्डले नेपालको इतिहासमा ७० वर्षपछि राजनीतिक स्थिरता कायम भएको उल्लेख गर्दै आर्थिक विकासका लागि सुवर्ण अवसर भएको बताएका थिए ।

‘हामीसँग तीनवटा (स्थानीय, प्रादेशीक र संघीय) सरकार रहेका छन् । हामी हाम्रा प्राथमिकता निर्धारण गर्छौं । जनताले प्रत्यक्ष अनुभूत गर्ने विकास योजना नै हाम्रा प्राथमिकतामा रहनेछन्’, प्रचण्डको भनाइ उद्धृत गर्दै सचिवालयले भन्यो ।

भेटका अवसरमा कन्ट्री म्यानेजर जर्वोसले नेपालमा राजनीतिक स्थिरता कायम भएको भन्दै प्रशन्नता व्यक्त गरेका थिए । उनले आफूहरुसँग विभिन्न देशका आर्थिक विकासका अनुभव रहेको बताउँदै ती अनुभव नेपालको विकासमा उपयोगी हुने बताएका थिए ।

नेपालको विकासमा उच्च प्राथमिकतामा रहेको कृषिमा आधारित उद्योगको पूर्वाधार निर्माणमा सहयोग गर्ने उनको प्रतिबद्धता थियो ।

संम्बन्धित समचार

Leave a Reply