अब हामीले हाम्रो देशको विकास कसरी गर्ने भन्नेबारे सोच्नुपर्नेछ

सुरेन्द्र पाण्डे–

विश्वको एक्सचेञ्ज करेन्सीको माध्यमबाट अमेरिकाले संसारभर आफ्नो अधिपत्य स्थापीत गर्ने प्रयास गरिरहेको छ। विश्वको ८५ प्रतिशत व्यापार अमेरिकी डलरमा हुन्छ। यहि आधारमा अमेरिका टिकेको छ। र यो विश्व व्यवस्थालाई परिर्वतन गर्न अरु देश सक्षम भैसकेका छैनन्। किन भने वर्ल्ड बैंकको सेयरमा १६.५ प्रतिशत अमेरिकाको हिस्सा छ। अमेरिकाले समर्थन नजनाउँदासम्म विश्व बैंकको चार्टर(संविधान) संसोधन हुन्न। अर्थात अमेरिकाले चाहँदा मात्रै विश्व बैंकको संविधान संसोधन हुन्छ। त्यसैले आज पनि विश्व अर्थतन्त्र र राजनीतिमा अमेरिकाको वर्चश्व छ।

विश्व बैंकको यहि व्यवस्थालाई परिवर्तन गर्नुपर्छ भनेर आवाज उठिरहेको छ। भ्याईस टु द पार्टिसिपेशन भनेर विश्व बैंक्भित्र ठुलो आवाज उठिरहेको छ। भ्वाईस भनेको कुनै पनि देशले आफ्नो आम्दानी अनुसार विश्व बैंकको सेयर हिस्सा पाउनुपर्छ भन्ने हो, अमेरिकाको घट्नुपर्छ भन्ने हो। पार्टिसिपेशन भनेको जुनसुकै देशले आफुले चाहेको मान्छेलाई अध्यक्ष बनाउन पाउनु परो ।

विश्व अर्थ व्यवस्थामाथी अमेरिकाको यहि वर्चश्वका विरुद्ध रुस, चीन, ब्राजिल, भारत र दक्षिण अफ्रिका मिलेर ब्रिक्स गठन गरेका छन्। चीनको अगुवाईमा विश्व बैंकसँग प्रतिष्पर्धा गर्नका लागि एसिया इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक गठन गरिएको छ। यद्यपी यो अहिलेसम्म अमेरिका र विश्व बैंकको प्रतिष्पर्धी संस्थाका रुपमा आईसकेको छैन्। १७ औं शताब्दीसम्म विश्वको एक नम्बर शक्ति चीन थियो अर्थतन्त्रका हिसाबले। चीनका बादशाहले विश्वको बीच भागको देश चीन हो र हामीलाई स्वर्गका देउताले पृथ्वीमा शासन गर्न पठाएका हुन भन्थे। अर्को महत्वकापुर्ण अमेरिका पत्ता लगाएको कोलम्बसले होइन्। चीनियाँ वादशाहले त्यो भन्दा पहिले नै अनुसन्धानको टिम पठाएर अमेरिका पत्ता लगाईसकेको थिए। अमेरिका साहै्र पछौटे ठाउँ रहेछ भन्ने निष्कर्ष निकालेपछि त्यसलाई त्यत्तिकै छोडिएको हो। पछि युरोपियनहरुले अमेरिका पत्ता लगायौं भनेर कब्जा जमाए।

तर पछिल्लो समय चिनियाँहरु मोज मस्तीमा लागे। युरोपले आधुनिक विकास गर्यो। धेरै कुराको विकास गरेको चीन पछि पर्यो र विज्ञान प्रविधिका बलमा युरोप अघि लाग्यो। १७ औं शताब्दीबाट बेलायत संसारको पहिलो अर्थतन्त्र बन्यो। त्यसपछि १८९० मा पुग्दा अमेरिका विश्वको पहिलो अर्थतन्त्र बन्न सफल भयो। दोश्रो विश्वयुद्धपछि भने अमेरिका सैन्य शक्ति र अर्थतन्त्रकै आधारमा पहिलो बन्न सफल भयो।</p>

विमानको निर्माण र परामाणु बमका कारण अमेरिका सर्वशक्तिमान बन्यो र आज पर्यन्त अमेरिका महाशक्तिमान देशका रुपमा कायम छ। अहिले पनि चीनियाहरुको प्रति व्यक्ति आम्दानी १० हजार डलर प्लस छ भने अमेरिकीहरुको ६० हजार डलर छ। कुल आन्तरिक त्पादन(जिएनपी)मा अमेरिकाको २१ सय ३४ अर्ब डलर छ। युरोपियन युनियनको १७ सय ७० अर्ब डलर छ भने तेश्रो स्थानमा रहेको चीनको १४ सय २१ अर्ब डलर छ। तर पीपीपी अर्थात पर्चेजिङ पावर प्यारीटीका आधारमा अहिले नै चीनले अमेरिकालाई उछिनिसकेको छ।

चीनको २७ सय ४३ अर्ब डलर , यरोपियन युनियनको २२ सय ९५ अर्ब डलर र २१ सय ४१ अर्ब डलर रहेछ। अर्थात अहिले नै पनि चीनले पीपीपीका आधारमा अमेरिकालाई उछिनिसकेको छ। चीनियाहरुले भनेझै केहि समयपछि अमेरिकालाई उछिन्ने छ । सन २०५० सम्ममा पुग्दा चीनले सबै कोणबाट विश्व व्यवस्थालाई नेतृत्व गरिसकेको हुनेछ। चीनियाँहरुको प्रति व्यक्ति आम्दानी १० हजार डलर कटेको छ। १३ हजार डलर कटेपछि धनी देश बन्ने व्यवस्था छ।

चीनबाट नेपालले के सिक्ने ?

चीन भनेको नक्कल गर्ने देश होइन। नक्कल गरेर धोखा खाएपछि चेत खुलेर आफै बनेको देश हो। सन १९४५ मा सोभियत संघले चीनको च्याङकाई सेकको पार्टीसँग एउटा सम्झौता गरेको थियो। त्यसका आधारमा कुमिन्ताङसँग युद्ध नगर्न स्टालिनले माओत्सेतुङलाई आदेश दिएका थिए। माओले त्यो अस्विकार गरे। माओले स्टालिनको कुरा मानेको भए चीनमा क्रान्ति हुने थिएन्। अहि पछि रसियाले पनि चिनिया क्रान्तिमा सघायो र क्रान्ति सफल पनि भयो। क्रान्ति सफल भएपछि चीनले पनि रसियनहरुकै बाटो रोजे। २०५६ मा चीन र रुसका झगडा भयो। खुस्चेभलाई देखाउनका लागि ग्रेड लिभ फरवार्ड भनेर अभियान चलाए। रुसले चीनमा समाजवाद स्थापनाका लागि १० हजार विशेषज्ञ फर्कायो। १५ सय राजनीतिक सहयोगी पठाएको थियो, त्यो पनि फिर्ता गर्यो। रसियन कदमको विरुद्ध माओले ग्रेट लिभ फरवार्ड सञ्चालन गरे। तर जनता भोकमरीको चपेटामा परेपछि १९६१ फिर्ता लिए। माओले चाहेको र देखेको योजनाबाट चीनको प्रगति हुन सकेन्। माओ झनझन पछाडी फर्कदै जान थालेका थिए। १९६५ मा सांस्कृतिक क्रान्तिका नाममा विद्यालय शिक्षा बन्द गर्नुपर्छ भन्ने निष्कर्षमा माओ पुगेका थिए। सन १९७० मा पुगेपछि विद्यालय र विश्व विद्यालय पुनः खुले।

सोभियत संघ पनि समाजवादी मुलुक अनि चीन पनि समाजवादी मुलुक थिए। त्यहिबीचमा १९७० मा यी दुई देशका बीचमा समस्या आउँदा अमेरिकाले खेल खेल्यो। चीन र अमेरिकाले हात मिलाए। तर यसबाट चीनले यथेष्ठ लाभ लिन सक्यो। त्यहि हात मिलाए वापत चीनले संयुक्त राष्ट्र संघको सदस्यता पायो। सुरक्षा परिषदको सदस्यको सदस्यता पायो र अमेरिकी बजारमा निर्वाध प्रवेश गर्ने अवसर पनि पायो। चीनले पनि खुला नीति लियो र अमेरिकी बजारमै अधिपत्य जमाउन सफल भयो। त्यहि कारणले आज चीन विश्व अर्थ व्यवस्थामा पहिलो नम्बरको हुने अभियानमा छ । सोभियत संघ बिघठन भएपछि मात्रै चीनले त्यस्तो अवसर पाएको थियो भने पनि आजको अवस्थामा चीन आउन सक्ने थिएन्। त्यसकारण उतिबेलाको परिस्तिथीलाई चीनले वुद्धिमतापुर्वक आफ्नो देशको हितमा अधिकतम उपयोग गरेको देखिन्छ। अमेरिकासँग मिल्यो भनेर स्टालिनले माओलाई राष्ट्रवादी त हुन तर कम्युनिष्ट होइनन भन्थे। अन्तराष्ट्रियतावाद अंगालेको सोभियत संघ विघटन भयो तर राष्ट्रवादमै सिमित भएको चीन यहाँसम्म आईपुगेको छ।

यसबाट हामीले राष्ट्रिय हितमा अन्तराष्ट्रिय शक्तिलाई कसरी उपयोग गर्ने भन्नेबारे स्पष्ट हुनुपर्छ। नेपालकै पोलिसी लेभलमा बस्नेहरुलाई सि जिनपिङले बेल्ट एण्ड रोड इनिसियटिभ(बिआरआई) भनेपछि ह्वार ह्वार्ती पैसा दिन्छन र अनुदानमा विकास गरौंला भन्ने बुझाई छ। चीनियाँहरु भनिरहेका छन् की बिआरआईमा अनुदान होइन ऋण दिन्छौं र तिमिहरुले तिर्नुपर्छ। चिनियाहरु विन विन भनिरहेका छन्। चीनले हामीलाई सित्तैमा एक रुपैंयाँ पनि दिने वाला छैन्। म अर्थमन्त्री हुँदा प्रधानमन्त्रीसँग चीन गएको थिएँ।

चीन जानु अघि के के माग्ने भनेर नेपालका ठुला मान्छेसँग छलफल गर्ने चलन रहेछ। हामी सपिङ लिस्ट बोकेर गएका थियौं। मलाई चीनको योजना(प्लानिङ) मन्त्रीले तिमिहरु माग्न आएका हौं भनेर प्रश्न गरे। उनले प्राथमिकता निर्धारण गरेर सहयोग माग्न अनुरोध गरेका थिए। चीनले १९७८ पछि ४ वटा बिशेष आर्थिक क्षेत्र सुरु गरेको थियो। हङकङ, कमाउ, ताइवान र लगायतको नजिक त्यस्तो क्षेत्र बनाएका थिए। देङस्याओ पिङ सेञ्जेन जाँदा दैनिक ६ हजार चिनियाँ मकाउ भागिरहेको देखे। उनले वारी भन्दा पारीको जीवन राम्रो देखेर गएका हुन, यता खान नपाएर भागेका हुन् भन्ने निष्कर्ष निकालेपछि त्यहिँ विशेष आर्थिक क्षेत्र बनाएका रहेछन्। अहिले यी चार वटा क्षेत्र नै विश्वको लगानी केन्द्र बनिरहेको छ।

अब हामीले हाम्रो देशको विकास कसरी गर्ने भन्नेबारे सोच्नुपर्नेछ। चीनले दिनेछ र हामी स्वतः माथी जानेछौं भनेर बस्यौं भने केहि पनि हुनेवाला छैन्। चिनियाँहरुबाट हामीले सिक्ने भनेको हामी अहिले जुन अवस्थामा छौं, त्यहाँबाट माथी उठ्नका लागि राष्ट्रिय योजना र साझा धारणा बनाउनुपर्छ। हामीसँग चीन र भारत छिमेकी छन्। यी हाम्रो चाहना अनुसार फेरिदैनन्। यी दुईलाई हामीले आफ्नो हितमा कसरी उपयोग गर्ने भन्ने कुरामा हामी केन्द्रित हुनुपर्छ। हिजो भारतसँग झगडा गर्न सिकियो। चीनियाहरुसँग त्यस्ता वैरभाव कहिले रहेन्। फेरी विश्वभर चिनियाँ भनेको युद्ध गर्ने नभएर व्यापार गर्ने जाति हो भन्ने मान्यता छ। १२ औं शताब्दीमै चंगेज खाँ युरोपसम्म व्यापार गर्न जान्थे। उनीहरु नरम कुटनीतिका माध्यमबाट अगाडी आउँछन्। उनीहरु आर्थिक कुटनीतिकै कारण अमेरिकालाई टक्कर दिने अवस्थामा आईपुगेका हुन्। चीनले सोयाबिन किन्दिन भनेपछि अमेरिकी किसानलाई समस्या पर्न थाल्यो। अहिले फेरी किन्न थालेको छ। अमेरिकी किसानसँग सोयाबिन किनेर अमेरिकालाई चीनसँग सम्बन्ध नबिगार्न दबाव दिईरहेको छ।

सन २०३५ सम्म चीनलाई ८ हजार ठुला जहाज बोईङ वा एयरबस चाहिने रहेछ। अब उसले त्यो जहाजका नाममा बार्गेनिङ गर्न सक्ने अवस्था बनाईरहेको छ। चिनियाँहरु नयाँ कुरा पनि सिकिरहेका छन्। चीनबाट पढेर फर्केका एक विद्यार्थीले भन्दै थिए, तालिम सकिएपछि चिनियाँले वर्कशपमा पाँच देशका मेसिन देखायो। चार वटा मेसिनको राम्रो पक्ष समेटेर सस्तो र राम्रो मेसिन बनाएका रहेछन्, उनीहरुले अब नेपालले कति किन्छ भनेर सोधेका थिए रे।

चीनियाहरुले विदेशी समान किनेर मात्रै बसेन, क्षमता पनि बढाएको छ। चीनमा अमेरिकीहरुले लगानी गरेर यस्तो भयो भन्नेहरु पनि छन्। त्यस्तो विकुलै होइन, हुवावेलाई नै हेर्नुस, छैठौं पुस्ताको टेलिकम बनाउँदैछ। फोर्थ इण्डष्ट्रियल रिभोलुसनको युग हो यो। आर्टिफिसियल इन्टेलिजेन्सका कारण १० वर्षभित्र १७ हजार अर्ब डलरको बजार बन्दैछ। त्यसमा ७ हजार अर्ब डलरको बजार त चीनले मात्रै ओगट्दैछ। अब उपचार गराउँदा डाक्टरले नभएर रोबेटले गर्नेछ। त्यतिबेला डाक्टरको काम नर्सको जस्तो विरामीलाई आराम छ भनेर सोध्नेमै सिमित हुँदैछ। हामीले पनि अब आफ्नो सन्दर्भमा लाभ लिने योजना बनाउनुप

शनिबार कार्ल मार्क्स द्धिसतवार्षिकीको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा नेकपा नेता सुरेन्द्र पाण्डेले गरेको सम्बोधनको केही अंश

संम्बन्धित समचार

Leave a Reply