रौतहट नरसंहार प्रकरण : आलममाथिको अनुसन्धान टुंग्याउँदै प्रहरी

कात्तिक १०, रौतहट । बम विस्फोटका घाइते, प्रत्यक्षदर्शी, विस्फोटबाट क्षति पुगेको गोठ मर्मत गर्ने कामदार लगायत सम्पर्कमा आएका व्यक्तिसँग बयान लिएर प्रहरीले कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मत अफताब आलममाथिको अनुसन्धानलाई अन्तिम रुप दिने तयारी गरेको छ।

घटनासित जोडिएका धेरै पात्र फेला परिसकेका प्रहरीले जनाएको छ।

१२ वर्ष अघि बम विस्फोटमा घाइते भएकालाई जिउँदै जलाएर मारेको आरोपमा पक्राउ परेका आलममाथि अनुसन्धान गर्न जिल्ला अदालत रौतहटले शुक्रबार तेस्रोपटक प्रहरीलाई थप ८ दिन म्याद दिएको छ।

प्रहरीले तिहारपछि सरकारी वकिलको कार्यालयमार्फत मुद्दा अदलतमा पेस गर्ने भएको छ।

सरुअठाका त्रिलोकप्रताप सिंह र ओसी अख्तर बम विस्फोटमा घाइते भएका र उनीहरुलाई जिउँदै इँटाभट्टामा हालेको भन्दै उनीहरुको परिवारजनले आलमलगायत विरुद्ध किटानी जाहेरी दिएका थिए।

त्यसबेला मारिएकाको संख्या भने यकिन हुन सकेको छैन। बम विस्फोट नै नभएको भनी आलमले दिएको बयान झुटो भएको प्रहरीको ठम्याइ छ।

झुठो बोले नबोलेको पत्ता लगाउत प्रहरीले पोलिग्राफ परीक्षण गराउन खोज्दा आलमले मानेका छैनन्।

तत्कालिन जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मण न्यौपानेकै सहयोगमा आलमले धेरै प्रमाण नष्ट गरेको पाइएको छ।

एसपी न्यौपाने कैलालीको टीकापुरमा भएको थारुहट आन्दोलनमा मारिइसकेका छन्।

संम्बन्धित समचार

Leave a Reply