नेपाल मजदुर किसान पार्टीका ६ जना जुवाडे नेता पक्राउ !

कार्तिक ११,भक्तपुर । नेपालीहरुको महान् पर्व दिपावलीको अवसरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का ६ जना जुवाडे नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा चाँगुनारायण नगरापलिका वडा नं. ९ ताथलीका हरि सुन्दर छुका, कुवेर खड्का, रन्जन छुयाजु, विजय छुयाजु, सत्यराम नेमाफुकी र तिर्थराम माकाजु रहेका छन् । उनीहरुको साथबाट रु ६३ हजार तीन सय रुपैया नगद समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा केही नेमकिपाका जिल्ला सदस्य समेत रहेको निकट स्रोतले बताएको छ । पक्राउ गरीएकालाई आवश्यक अनुसन्धान गरी कानुन अनुसार कारवाही हुने प्रहरी स्रोतले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply