बलिउड नायिका कंगनाकाे पारिश्रमिक नेपाली ४० करोड रुपैयाँ

कार्तिक २६, काठमाडौं । बलिउडकी सबैभन्दा महंगी नायिका कंगना रनौतले पछिल्लो समय एउटा फिल्मबाट २५ करोड भारतीय रुपैयाँ अर्थात ४० करोड पारिश्रमिक लिएकी छन्।

उनले सर्वाधिक महँगो पारिश्रमिक लिएको भनिएको फिल्म ‘पंगा’ दर्शकमाझ आउन लागेको हो। यो फिल्म एक्सन प्रधान र बदलाको भावको भएको कंगनाले बताइन्।

यो फिल्म कबड्डी खेलमा आधारित छ। फिल्ममा कंगना राष्ट्रिय कबड्डी खेलाडीका रुपमा प्रस्तुत भएकी छन्। फिल्ममा उनले मुलुकलाई स्वर्ण पदक दिलाउन गरेको संघर्ष देखाइएको छ।

फिल्म २४ जनवरीमा रिलिज हुँदैछ।

संम्बन्धित समचार

Leave a Reply