जिसस धादिङ प्रमुख जगन्नाथ नेपालमाथी अभद्र व्यवहार, नेकपाले निकाल्यो विज्ञप्ती

मंसिर ७,धादिङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङले विज्ञप्ती जारी गर्दै जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाललाई अमर्यादित कार्य गर्ने वडा अध्यक्ष गणश गुरुङ र भोज बहादुर गुरुङलाई कानुनी कार्वाही गर्न सुरक्षा निकाय सँग माग गरेको छ ।

नेकपाले विज्ञप्ती निकाल्नु पूर्ण राष्ट्रिय युवा संघ नेपाल धादिङले पनि कार्वाहीको माग गर्दै नेकपा धादिङलाई विज्ञप्ती निकालेको थियो । वडा कार्यालय सार्ने विषयमा नीलकण्ठ १ मा पूर्व एमाले र पूर्व माओवादी केन्द्र बीच चरम विवाद सृजना भएको थियो ।

पूर्व एमालेले काँग्रेससहित ३५० भन्दा बढी हस्ताक्षर संकलन गरेर नगरपालिकामा पेस गरे पछि पूर्व माओवादीबाट वडा अध्यक्षमा निर्वाचित बनेका गणेश गुरुङले ७५० भन्दा बढी हस्ताक्षेर संकलन गरेर नगरपालिकामा पुर्याएका थिए ।

यहि विषयमा जिल्ला समन्वय समिति प्रमुख नेपाललेले छलफल गर्न बोलाएका थिए । मंसिर ६ गते समन्वय समितिको प्राङ्गणमा सामान्य कुराकानी हुँदाहुँदै कार्यालय हाता भित्र रहेको आफ्नै निवासमा शौचालय गएको मौका पारी निलकण्ठ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष गणेश गुरुङसँगै आएका भोजबहादुर गुरुङले हातपात गरेका थिए ।

 

 

संम्बन्धित समचार

Leave a Reply