स्थानीय तहमा कर्मचारी अभाव

मंसिर १३, बझाङ। बझाङको उत्तरी साइपाल गाउँपालिका, धुलीका १७ वर्षीय सरोज बोहरा नागरिकताको सिफारिस लिन दुई दिन हिँडेर कात्तिक अन्तिम साता सदरमुकाम चैनपुर आए । गाउँपालिकाको कार्यालयमा जनप्रतिनिधि र कर्मचारी बस्दैनन् ।

कार्यालयमा कर्मचारी नभेटिएपछि चैनपुर आइपुगेका बोहराले सदरमुकाम आउजाउ गर्दा ३० हजार रुपैयाँ खर्च भयो ।

उनी भन्छन्, ‘स्थानीय सरकार आएपछि घरदैलोमै सेवासुविधा पाइएला भन्ने आस थियो तर एउटा सिफारिस लिन पनि सदरमुकाम धाउनुपर्‍यो ।’ साइपाल गाउँपालिकाको कार्यालयमा जनप्रतिनिधि र कर्मचारी हुँदैनन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संगठन विकास शाखाका अधिकृत हरिनारायण शर्माले उपलब्ध गराएको तथ्यांकअनुसार अहिले मुलुकभरका ७ सय ५३ वटा स्थानीय तहमा २० हजार ९४ कर्मचारी दरबन्दी रिक्त छ । स्थानीय तहमा कायम ६६ हजार ९ सय ८ दरबन्दीमध्ये अहिलेसम्म ४६ हजार ८ सय १४ कर्मचारी मात्र समायोजन गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भूपाल बराल भने स्थानीय तहहरूमा २१ हजार कर्मचारी अभाव रहेको बताउँछन् । कान्तिपुर दैनिकमा खबर छ ।

संम्बन्धित समचार

Leave a Reply