कास्की उपनिर्वाचन : नेकपाकी उम्मेदवार विद्या भट्टराईको जित पक्का

मंसिर १५, काठमाडौं । शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेकपाकी उम्मेदवार विद्या भट्टराईको जति पक्का भएको छ ।

कास्की दुई बाट उम्मेदवार बनेकी विद्याको जित निश्चित भएको हो ।

कुल ८ हजार ३६३ मत गन्न बाँकी रहँदा भट्टराईले कांग्रेसका खेमराज पौडेललाई ८ हजार ५ सय भन्दा बढी मतले पछि पारिसकेकी छन् ।

निर्वाचन कार्यालयका अनुसार अब तीनवटा वडाको मत गन्न बाँकी छ । पछिल्लो मत परिणाम अनुसार विद्याले २० हजार ७७९ मत प्राप्त गर्दा खेमराजको १२ हजार २५९ मत छ । नेकपा कार्यकर्ता विजय उत्सवको तयारीमा छन् भने कांग्रेस कार्यकर्ता पराजय स्वीकार गरेर घर फर्किन थालेका छन् ।

यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रवीन्द्र अधिकारीले जितेको भन्दा फराकिलो अन्तरमा विद्याले जित्ने देखिएको छ ।

संम्बन्धित समचार

Leave a Reply