एम्बुलेन्स चालक पनि मापसे कारबाहीमा !

साउन ५,काठमाडौँ । जाँडरक्सी खाएर सवारीसाधन चलाउनु गलत काम हो । यो नबुझ्ने चालक कोही नहोला तर अनेकौ बहानामा चालकले जाँडरक्सी खाएर सवारीसाधन चलाउनेहरु बढिरहेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंको तथ्यांक हेर्दा यसरी सवारीसाधन चलाउनेहरुको संख्या बढेको पाइएको छ । आर्थिक वर्ष २०७४/७५ मा जाँडरक्सी खाएर सवारी साधन चलाएपछि ३२ हजार २ सय ९२ जना कारबाहीमा परेका छन् । आर्थिक वर्ष २०७३/०७४मा २८ हजार ८ सय ९६ जना यस्तो कारबाहीमा परेका थिए ।

महाशाखाका अनुसार आर्थिक वर्ष २०७४/७५ मा कारबाहीमा परेका ३२ हजार २ सय ९२ जना मध्ये २८ हजार १ सय ११ जनालाई सडक सचेतना सुरक्षासम्बन्धी कक्षामा सहभागी गराइएको छ । यसैगरी लेन अनुशासनको कारबाहीमा परेका ४९ हजार ७ जनामध्ये ४८ हजार ९ सय ९७ जना सडक सचेतना कक्षामा सहभागी भएका छन् ।

टफिक प्रहरी महाशाखाको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षमा ५८ महिला चालक मादक पदार्थ सेवन गरी सवारी चलाएको अवस्थामा भेटिएपछि उनीहरुलाई कारबाही गरिएको छ । तर पुरुषको संख्या भने ३३ हजार २ सय ३४ छ । सरकारी सवारी चालक र एम्बुलेन्स चालक नै बेला–बेला मापसे कारबाहीमा पर्नु लापरबाहीको पराकाष्ठा पनि हो ।

संम्बन्धित समचार

Leave a Reply