अब ३ स्वर्ण थप्नसकेमा सर्वाधिक स्वर्णको इतिहास तोडिने नेपालको बलियो सम्भावना

मंसिर १८, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग)को एकै संस्करणमा सर्वाधिक स्वर्ण जितेको आफ्नो इतिहास तोड्ने अवसर घरेलु मेदानमा जारी १३ औँ संस्करणमा नेपाललाई देखिएको छ। प्रतियोगिताको चौथो दिन समाप्तीमा नेपालले २९ स्वर्ण, १३ रजत र २१ कास्य पदक जितेको छ। नेपालले एकै सागमा यसअघि ३१ स्वर्णसम्म जितेको थियो।

घरेलु मैदानमा २० वर्षअघि आयोजित ८ औँ सागमा नेपालले ३१ स्वर्ण जितेको थियो। त्यतिबेला कराँते र तेक्वान्दोमा १४/१४, बक्सिङमा २ र पौडीमा एउटा स्वर्ण पदक जितेको थियो। यसपटक, नेपालले कराँतेमा १० स्वर्ण, ४ रजत र पाँच रजत जितेको छ। कराँतेका सबै खेल सकिएका छन्।

यसैगरि तेक्वान्दोमा ११ स्वर्ण जितेको छ। तेक्वान्दोका कुल २९ स्वर्णमध्ये २३ स्वर्ण विजेताको टुंगो लागिसकेको छ। बिहीबार ६ वटा स्पर्धामा स्वर्णको टुंगो लाग्ने छ। नेपालले तेक्वान्दोमा पनि सन् १९९९ पछि सागमा सबैभन्दा बढी स्वर्ण पदक जितेको हो।

नेपालले ट्रायथलनमा २, उसुमा ३ र साइक्लिङमा २ र एथलेटिक्समा एउटा स्वर्ण जितेको छ।

नेपालले तेक्वान्दो र उसुमा स्वर्णको संख्या बढाउन सक्ने अपेक्षा गरिएको छ। स्वर्ण जित्ने अनुमान गरिएका बक्सिङ र जुडोका खेलहरु सुरु भएका छैनन्। पुरुष फुटबलमा पनि स्वर्ण पदक जित्न सक्ने अनुमान गरिएको छ। यस हिसाबले सागको आफ्नो इतिहासमा एकै संस्करणमा यसअघि जितेको सर्वाधिक स्वर्णको इतिहाँस नेपालले सजिलै तोड्ने स्थिती देखिएको छ।

नेपालले पहिलो साग (तत्कालिन साफ गेम्स) ४, दोस्रो सागमा १, तेस्रो सागमा २ चौथो सागमा एक, पाँचौँ सागमा २ र छैटौँ सागमा एक स्वर्ण जितेको थियो। यसैगरि सातौँ सागमा चार, नवौँ सागमा ७, दशौँ सागमा ७, ११ सागमा ८ र १२ औँ सागमा ३ स्वर्ण पदक जितेको थियो।

संम्बन्धित समचार

Leave a Reply