भ्रमण वर्ष २०२०: ‘घुम्न जाऊँ तुलसीपुर’ अभियान

मंसिर २२, दाङ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी तुलसीपुर उपमहानगरपालिकाले ‘घुम्न जाऊँ तुलसीपुर’ अभियान सञ्चालन गर्ने भएको छ । तुलसीपुरलाई पर्यटकीय गन्तव्य बनाउन अभियान सञ्चालन गर्न लागिएको नगप्रमुख घनश्याम पाण्डेले जानकारी दिए।

नगरप्रमुख पाण्डेका अनुसार अभियानका क्रममा तुलसीपुरका सबै पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने गरी भव्य कार्यक्रम आयोजना हुने छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घका पूर्वध्यक्ष विमल रिजालले तुलसीपुरका पर्यटकीय क्षेत्रको पहिचान गरेर भौतिक संरचना निर्माणमा ध्यान दिनुपर्ने सुझाव दिए ।

वडा नं ६ का वडाध्यक्ष नवराज लामिछानेले तुलसीपुर घुम्न आउने पर्यटकको बसोबास र आतिथ्यताको उचित व्यवस्थापनमा विशेष ध्यान दिइने जानकारी दिए । रासस

संम्बन्धित समचार

Leave a Reply