सरकार डा. केसीबीच वार्ता सकारात्मक, आज पनि छलफललाई निरन्तरता दिईदै

साउन ९,काठमाडौँ । सरकार र आमरण अनसनरत डा. गोविन्द केसीबीच सम्वाद पुनः सुरु भएको छ । तर, मंगलबार भएको वार्ता ठोस निष्कर्षमा पुग्न सकेन ।

डा. केसीको वार्ता टोलीले संसदमा विचाराधीन चिकित्सा शिक्षा अध्यादेश फिर्ता हुनुपर्ने फिर्ता गर्नुपर्ने पूर्वशर्त छाडेपछि सरकारी टोलीसँग सम्वाद सुरु भएको हो ।

यसका लागि नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले पहल गरेका थिए । उनले केदारभक्त माथेमा र मेडिकल काउन्सिलका धर्मकान्त बास्कोटासँग छलफल गरेका थिए ।

लगतै प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरे । नेम्वाङले डा. केसीको वार्ता टोलीसँग पनि सम्वाद गरे ।

सिंहदरबारमा भएको छलफलमा डा. केसीको वार्ता टोलीले चिकित्सा शिक्षा विधेयकमा केके संशोधन गर्नुपर्छ भनेर लिखित नै दिएको छ । स्रोतका अनुसार १० वर्षे प्रतिबन्ध, ५ वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिनुपर्ने लगायतका बुँदा छन् ।

सम्वाद सकारात्मक

नेम्वाङको पहलपछि सरकारी र डा. केसीको वार्ता टोलीबीच औपचारिक सम्वाद भएको छ ।

शिक्षा मन्त्रालयमा भएको वार्तामा विधेयकका मुद्दाहरुमा छलफल भए पनि टुंगोमा पुगेको छैन । ‘केही विषयमा सहमति नजिक छौं, केही विषयमा छलफल भइरहेको छ’ डा। केसीको वार्ता टोलीका सदस्य अभिषेकराज सिंहले भनेका छन् ।

आज पनि वार्ता

आमरण अनसनरत डा. गोविन्द केसी पक्षबीच मंगलबारबाट शुरु संवाद प्रक्रियाले आज पनि निरन्तरता पाउने भएको छ ।

केसीको अनशनको २५ औं दिनमा पहिलोपटक सरकार र केसी पक्षबीच मंगलबार वार्ता भएको थियो । संसदमा विचाराधीन चिकित्सा शिक्षा अध्यादेश फिर्ता हुनुपर्ने पूर्वशर्त छाडेपछि शुरु संवाद सकारात्मक रहेको बताइए पनि ठोस निष्कर्षमा पुग्न सकेको छैन ।

वार्तालाई निष्कर्षमा पुर्याउन दुवै पक्ष जुटेका छन् । त्यसका लागि बुधबार बिहानबाट पुनः वार्तामा बस्ने सरकारी र केसी पक्षका वार्ता टोली संयोजकद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

संम्बन्धित समचार

Leave a Reply