गोकर्ण रिर्सोटको लिज अवधि थप गर्ने निर्णय कानुन सम्मत : नेपाल ट्रस्ट

पौष ११, काठमाण्डौँ । गोकर्ण फरेस्ट रिर्सोटलाई लिज अवधि थप गर्ने निर्णय कानुन बमोजिम भएको नेपाल ट्रस्टले जनाएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर ट्रस्टले विधि प्रक्रिया पुर्‍याएर नै गोकर्णको लिज अवधि थप गरिएको जनाएको छ । पत्रकार सम्मेलनमा ट्रस्टको कार्यालयका सचिव गजेन्द्रकुमार ठाकुरले ऐन कानुन अनुसार नै लिज अवधि थप गरिएको बताए । ट्रस्टको संचालक समितिको सिफारिसमा मन्त्रिपरिषदको बैठकले लिज अवधि सकिनु भन्दा ५ वर्ष ८ महिना अघि नै लिज अवधि थप गरेको छ ।

२०७६ मंसिर २३ को निर्णयले पुरानो लिज अवधि सकिने १५ अगस्ट २०२५ देखि २५ वर्ष नयाँ लिज रकम कायम हुने गरी लिज अवधि थप गरेको छ । २०७६ कार्तिक २६ गते बसेको संचालक समिती बैठकले लिज अवधि थप गर्न प्रस्ताव पेस गरेका थियो । ट्रस्टका सदस्य सचिव राजेश्वर ज्ञावालीले स्वतन्त्र मूल्यांकन गरेर ट्रस्टलाई फाइदा हुन गरे थप गरिएको बताए । उनका अनुसार राजा वीरेन्द्रकै पालामा एल एम सुभीर ब्रदर्स नेपाल प्रालिले २०५२ साउन ३१ गते ३० वर्षको ५० लाख डलरमा लिजमा लिने सम्झौता गरेका थियो ।

दुवै पक्षको सहमतिमा अवधि सकिनु अगावै लिज अवधि थप गर्न सक्ने प्रावधान अनुसार ट्रस्टको कार्यालय र एल, एम सुभीर ब्रदर्स९नेपाल० प्रालिबीच २०६७ वैशाख ५ गते सम्झौता भएको थियो । एलएम सुभीर ब्रदर्समा विदशी लगानी रहेको र पछि २०६७ सालमा नेपाली पक्षले खरिद गरेको हो । नेपाल ट्रस्ट ऐन २०६४, २०७५ फागुन १९ गते पहिलो संशोधन गरी संचालक समिति संरचना परिवर्तन गरी ७ सदस्यीय बनाएको छ । यो समाचार अन्नपुर्ण पोस्टबाट साभार गरिएको हो । ऐन अनुसार ट्रस्टको सम्पत्ति लिजमा लिएको पक्षलाई थप मर्मत र नयाँ संरचना निर्माण गर्न चाहेमा र फाइदा पुगेमा संचालक समितिको सिफारिसमा सरकारले पुरानो लिज अवधिमा नबढने गरी म्याद थप गर्न सक्ने व्यवस्था थप गरिएको छ ।

संम्बन्धित समचार

Leave a Reply