विश्व हिन्दी दिवस मनाईयो, दुई हिन्दी तथा दुई नेपाली पुस्तक लोकार्पण

पौष २५, काठमाण्डौँ । काठमाडौंस्थित भारतीय राजदूतावास र त्रिभुवन विश्वविद्यालय अन्तर्गतको हिन्दी केन्द्रीय विभागले हिन्दी दिवस मनाएका छन् । दुई संस्थाको संयुक्त आयोजनामा शुक्रवार होटल याक एण्ड यतीमा विश्व हिन्दी दिवस मनाइएको हो ।

उक्त समारोहमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले प्रमुख अतिथिका रुपमा मन्तब्य राखेका थिए । कार्यक्रममा कार्यभार भारतीय राजदूत डा अजय कुमारले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश पढेर सुनाएका थिए ।

उक्त समारोहमा हिन्दी केन्द्रीय विभागको शोध पत्रिका ‘साहित्यलोक’ को विशेषाङ्कको लोकार्पण गरियो । बिपी कोइराला भारत नेपाल फाउन्डेसन, भारतीय राजदूतावास, काठमाडौंको सहयोगमा प्रकाशित दुई हिन्दी तथा दुई नेपाली पुस्तकको पनि कार्यक्रममा लोकार्पण गरियो ।

ती पुस्तकहरुमा हिन्दी केन्द्रीय विभागका विद्यार्थीहरुद्वारा नेपालीमा अनुवाद गरिएका विश्व प्रसिद्ध हिन्दी कथाकार प्रेमचन्दद्वारा लिखित पाँच प्रसिद्व कथाहरु एवम् नेपालीमै अनुवाद गरिएको स्वामी विवेकानन्दको प्रसिद्ध पुस्तक ‘कर्मयोग’ समावेश छन् ।

हिन्दीमा अनुवाद गरिएका नेपालका राष्ट्र कवि श्री माधव प्रसाद घिमिरेद्वारा रचित गीति नाटक ‘अश्वत्थामा’ एवम् युवा तथा नयाँ नेपाली कथाकारहरुद्वारा लेखिएका २५ आधुनिक नेपाली कथाहरुको अनुवादित सङ्ग्रह ‘उत्कृष्ट कहानियां’ को पनि लोकार्पण गरिएको छ ।

समारोहमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौंका कलाकारहरुले प्रख्यातहिन्दी कविहरुका रचनाहरुको साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । लेखक, पत्रकार, हिन्दी तथा नेपाली बुद्धिजीवी, प्राज्ञ र विद्यार्थी लगायत विविध क्षेत्रका २०० भन्दा बढीले कार्यक्रममा सहभागिता जनाएका थिए ।

संम्बन्धित समचार

Leave a Reply