सुशील र रुबिना प्रेममा असफल

माघ ८, काठमाण्डौ । अभिनेता सुशील श्रेष्ठले स्कुलदेखि कलेज जीवनसम्म पनि आफू प्रेममा परेको बताएका छन् । आगामी २ फागुनमा रिलिज हुने चलचित्र ‘लभ डायरिज’को ट्रेलर रिलिज समारोहमा आफू प्रेममा असफल भएको सुशीलले बताएका हुन् ।

अभिनेता सुशीलसँगै यो चलचित्रकी अभिनेत्री रुबिना थापाले पनि आफू प्रेममा असफल भएको खुलाएकी छन् । यी दुवैले आफूहरू प्रेममा असफल भए पनि फिल्ममा काम गर्ने क्रममा आपसमा प्रेम सम्बन्ध नभएको स्पष्ट पारेका छन् । फिल्मबाट आफूहरू राम्रो साथी बनेको यी दुईको कथन छ ।

संम्बन्धित समचार

Leave a Reply