सिभिल बैंकमा ११० जना लाई रोजगारी !

माघ ८, काठमाण्डौ । सिभिल बैंकमा विभिन्न तहहरुमा काम गर्ने कर्मचारीको आवश्यकता परेसगैँ ११० जना लाई रोजगारीको अवसर खुलेको छ । बैंकले ब्रान्च म्यानेजर, रिलेसनशिप म्यानेजर, अपरेशन इन्चार्ज र अपरेसन्स एशिस्टेन्ट पदका लागी उक्त संख्यामा कर्मचारीको माग गरेको हो ।

बैंकले आज एक सूचना जारी गर्दै इच्छुकहरुले बैंकको वेबसाइटमार्फत यही माघ २२ गते भित्र आवेदन दिन सकिने बताइएको छ ।

संम्बन्धित समचार

Leave a Reply