पियनले नौ करोड कमाएपछि…

माघ १७, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबहिल ( हाल निलम्बित) का कार्यालय सहयोगी राजेन्द्र बस्नेतले पदीय दुरुपयोग गरी ९ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा विषेश अदालतमा मुद्दा दर्ता गरेको छ । अख्तियारको अनुसन्धामा उनले मालपोत कार्यालय चाबहिलमा कार्यरत रहँदा नक्कली रसिद काटी नगद असुल गरी राजस्व दाखिला नगरेको भेटिएको थियो ।

१९ कातिक २०४५ मालपोत विभाग काठमाडौंमा कार्यालय सहयोगी पदबाट स्थायी नियुक्ति भई सरकारी सेवा सुरु गरेका बस्नेतको २०७५ सालसम्म आइपुग्दा ८ करोड ९८ लाख ५८ हजार ६ सय १३ रुपैयाँ अवैध आर्जन गरेको आयोगले दायर गरेको अभियोगपत्रमा उल्लेख गरेको छ । आयोगले बिहीबार उनीविरुद्ध विषेश अदालतमा बिगो जरिवाना र कैदसहित माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो । राजधानी दैनिकबाट ।

संम्बन्धित समचार

Leave a Reply