पत्रकार फुयाँल अब गायक ! मन पर्यो भन्दै आए बजारमा (भिडियोसहित)

काठमाडौ १८ माघ । पछिल्लो समय टिकटकले विभिन्न ब्यक्तिहरुको कलालाई प्रस्तुत गर्ने राम्रो अवसर प्राप्त गरेको छ । टिकटक मार्पmत नै कतिले म्युजिक भिडियो देखि चलचित्रसम्म खेल्ने अवसर पाएका छन । जस मध्ये नुवाकोटका लक्ष्मण श्रेष्ठ पनि एक हुन । उनी निरन्तर रुपमा टिकटक बनाइरहदा उनको अभिनयलाई मन पराएपछि कमल फुयाँलको ‘मन पर्यो’ बोलको गीतमा अभिनय गर्ने अवसर प्राप्त गरेका छन ।

विभिन्न चलचित्रका गीत तथा चलचित्र दुइकिनारामा नायिकाको रुपमा अभिनय गर्दै दर्जनौ गीतमा अभिनय गर्दै आएकी शशीकला माझीको साथमा लक्ष्मणले अभिनय गर्ने अवसर पाएका छन । गीतमा सोम कुस्कुमाझीको शब्दसंकलन तथा सन्तोष प्रगाढको संगीत तथा एरेन्जमा कमल फुयालको स्वरमा सजिएको छ ।

गीतको भिडियोको निर्देशन पनि कमल फुयाँलकै रहेको छ भने कोरियोग्राफी पुरुषोत्तम माझीको रहेको छ । गीतलाई सुजन विसीको छायाँकन तथा अर्जुन खड्काको सम्पादन रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply