रोकिएन मलेखु दोहन : मध्यरातमा मलेखुमा चल्यो स्काभेटर

बिवेक अर्याल

माघ २०, धादिङ । धादिङको बेनिघाट रोराङ गाँउपालिकाको ताल्तिमा अबैध रुपमा मलेखु खोला दोहन भईरहेको अबस्थामा स्थानियले चालक सहितको स्काभेक्टर नियन्त्रणमा लिएका छन् । हरेक दिन बिहान ३ बजेदेखी स्काभेटर र केहि ट्रिपर प्रयोग गर्दै लगातार मलेखु खोलामा अबैध उत्खनन हुने गरेको स्थानियहरु बताउँछन् ।

मलेखु खोला दोहनको स्थानिय रुपमा ब्यापक बिरोध सुरु हुन थालेपछि स्थानिय नेकपा बेनिघाट–रोराङ गाँउपालीका २ का संयोजक समेत रहेका बिष्णु थापा र इन्चार्ज हेमराज भुजेल सहितको टोलीले आज बिहान ५ बजे उक्त अबैध उत्खनन गरिरहेको स्काभेटरलाई नियन्त्रणमा लिएको स्थानीय सुनिल भुजेलले जानकारी दिए ।

भुजेलका अनुसार, स्काभेटरले प्रत्येक दिन लगातार मलेखु खोलाबाट अबैध उत्खनन गरिरहेको थियो । स्थानियले स्काभेक्टर सहित चालक जोगिमारा निबासी बर्ष ३० का मोहन घलेलाई समेत नियन्त्रणमा लियका छन् । स्काभेटर नियन्त्रण पस्चात् स्थानियको खवर पायको ईलाका प्रहरी कार्यालय गजुरी र ताल्ती प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।

स्थानीयबासीले खबर गरेलगत्तै तत्कालै हामी घटनास्थल पुग्यौँ स्थानियले चालक सहित स्काभेटर नियन्त्रण गरिसकेका रहेछन् । घटनाबारे स्थलगत अध्ययन गरिरहेका छौँ । चालक र स्काभेटरको चावी हामीले जिम्मा लियौँ, प्रक्रिया अनुसार कारवाहि गर्छौँ ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक भोजराज पाण्डेले बताए।

मलेखु खोलाबाट अबैध उत्खननमा प्रयोग गरियको स्काभेक्टर स्थानिय समेत रहेका इश्वर रावलको रहेको स्थानियले आरोप लगायका छन् । स्थानियका अनुसार रावल बेनिघाट–रोराङ गाँउपालीका २ ताल्ती स्थीत बिबादीत युनाइटेड क्रसरका संचालक समेत हुन् । बेनिघाट–रोराङ गाँउपालीका पदाधीकारी तथा आफन्त समेतको लगानी रहेको भनियको उक्त क्रसरलाई बेनिघाट–रोराङ गाँउपालीकाले गत बर्ष आफुसंग नभएको अधिकार प्रयोग गरेर सञ्चालन अनुमती दिएको थियो । रावलले रातभर नदि दोहन गरेर संकलन गरिएको नदिजन्य पदार्थ सोहि बिबादीत क्रसरमा लैजाने गरेको समेत स्थानीबासीहरुको भनाई छ । स्थानीय प्रशासन, प्रहरी र राजनीतिक दल सहितको मिलेमतोमा क्रसरलाई अबैधरुमा काम गरिरहंदा समेत उन्मुक्ती दिंदै आइरहेको स्थानिय बताउँछन् ।

संम्बन्धित समचार

Leave a Reply