नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रक खस्यो, एक घाईते

माघ २०, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रक खसेको छ । चामल बोकेको ट्रक मुग्लिन सडकखण्ड अन्तर्गत दुई नम्बर पुलबाट खोल्सामा खुेको हो । ट्रक खस्दा चालक शेरबहादुर गुरुङ घाइते भएका छन् । भैरहवाबाट चामल लिएर पोखरातर्फ जाँदै गरेको लु १ ख ६३४८ नम्बरको सो ट्रक इच्छाकामना गाउँपालिका– ५ दुर्घटनामा परेको हो ।

सोमबार बिहान भएको दुर्घटना पछि उद्दारका लागि प्रहरी पुगेको थियो । दुर्घटना परी गम्भीर घाइते भएका चालक गुरुङको पुरानो मेडिकल कलेजमा भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply