नेकपा सचिवालय बैठक बस्दै, एमसीसीको मुद्दामा रस्साकस्सी पर्ने

फाल्गुण १०, काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बस्दैछ । आज अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा एमसीसीको मुद्दा प्रमुख हुनेछ ।

अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे वरिष्ठ नेता झलनाथ खनाल संयोजकत्वको तीन सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल हुने बुझिएको छ । खनालको प्रतिवेदनमा संशोधन गरेर मात्र एमसीसी पारित गर्नुपर्ने सुझाव दिइएको छ । यसबारे आज गम्भीर छलफल गरेर टुंगोमा पुग्ने प्रयास हुने बुझिएको छ ।

संम्बन्धित समचार

Leave a Reply