जलविद्युत् आयोजना निर्माणमा तिब्रता : एउटै खोलावाट छवटा विद्युत् आयोजना सञ्चालन

फाल्गुण ११, काठमाण्डौ । हिमालहरूको जिल्ला सोलुखुम्बुको एउटै खोलामा छवटा विद्युत् आयोजना सञ्चालनमा छन् । कुनै पूरा भए भने कुनैमा धमाधम काम भइरहेको छ । सदरमुकाम सल्लेरीमुनि भएर बग्ने यो खोलाको नामै सोलुखोला हो । नुम्बुर हिमालको काखबाट उत्पत्ति भएको सोलुखोलाको विभिन्न स्थानमा बन्ने सानादेखि ठूला जलविद्युत् आयोजनाका कारण सोलुखुम्बुलाई मात्र होइन, देशलाई नै जलविद्युत्मा योगदान दिन सक्नेछ ।

सोलुखोलामा मात्र २१५ मेगावाट विद्युत् उत्पादन हुने गरी पाँचवटा जलविद्युत् आयोजना धमाधम निर्माणको प्रक्रियामा छन् भने एउटा जलविद्युत् आयोजना तीन दशकदेखि सञ्चालनमा छ । देशको राजधानीलगायतमा विगतमा घण्टौँ विद्युत् कटौती हुँदा सोलुखुम्बुको सदरमुकाम सल्लेरी भने झलमल्ल थियो ।

सोलुखोलाअन्तर्गत सबैभन्दा सिरानमा निर्माण भइरहेको पाँच दशमलव दुई मेगावाटको जुनबेँसी खोला जलविद्युत् आयोजना छ । त्यसैगरी दोस्रोमा १८ मेगावाटको बेनीखोला जलविद्युत् आयोजना हो भने तेस्रोमा २३।५ मेगावाटको अपरसोलु विद्युत् आयोजना, चौथोमा ८२ मेगावाटको तल्लो सोलु जलविद्युत् आयोजना र पाँचौँमा ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी विद्युत् आयोजना छ ।

संम्बन्धित समचार

Leave a Reply