सरकारले ६ देशका लागि मात्र रोक्यो ‘नो अब्जेक्सन लेटर’ ! कुन-कुन देश पर्यो ?

फाल्गुण २०, काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना संक्रमणबाट अति प्रभावित देशहरुमा जान मात्र वैदेशिक अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर) रोकेको प्रष्ट पारेको छ । मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरी कोरोना भाइरसको उच्च संक्रमणको जोखिम बढेपछि चीनसहित जापान, सिंगापुर, दक्षिण कोरिया, इटली र इरान जान मात्र नो अब्जेक्सन लेटर रोकेको जनाएको हो ।

कोरोना नदेखिएको देशमा भने अनुपतिपत्र नरोकेको विज्ञप्तिमा जनाईएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अर्को सूचना जारी नभएसम्म अति प्रभावित ६ देश वाहेक अन्य देशमा भने जान पाउने स्पष्ट पारेको छ ।

संम्बन्धित समचार

Leave a Reply